राती सुत्नु अघी अलैची र तातोपानी पिउनुहोस ,आफूमा चमत्कारिक फाईदा देखाउन चाहानुहुन्छ भने

काठमाडाै।मानिसहरु अलैंचीको प्रयोग मसलामा र माउथ प्रेसनरको रुपमा गर्दछन् । चियामा राखिएको अलैंचीले यसको स्वादमा वृद्धि गर्दछ । अलैंचीको फाइदा यसमा मात्र सिमित छैन । यदि तपाईं अलैंची खाएर तातो पानी पिउनुहुन्छ भने तपाईंले यसको दोब्बर फाइदा प्राप्त गर्नुहुनेछ ।

 

भारतका आयुर्वेदिकका विज्ञ अबरार मुल्तानीले अलैंची स्वास्थ्यका लागि निकै फाइदाजनक भएको बताउँछन् । हेर्दा सानो हुने अलैंचीको काम भने ठूलो छ । यसले खोकी, दम, पिसाब पोल्ने समस्यामा फाइदा पुर्याउँछ । यसले मुटु र गलाको मलिनतालाई टाढा राख्छ । मुटुलाई बलियो बनाउँछ । मुखको दुर्गन्धबाट राहत पाउन पनि सहयोग गर्दछ ।

 

पत्थरीलाई फुटाउँछ । यसले जन्डिस, पिसावजन्य रोग, छाती पोल्ने, पेट दुखाई, दम, पत्थरी र जोर्नीको दुखाई भएमा अलैंचीको सेवन लाभकारी हुन्छ । यदि राती सुत्नु अघि अलैंचीलाई तातो पानीसँगै खानुहुन्छ भने यसले दोब्बर फाइदा पुर्याउँछ ।

पेट घटाउन सहयोग पुर्याउँछः

यदि तपाईंको पेट बाहिर पुट्ट निस्किएको छ र यो भित्र जाओस् भन्ने चाहनुहुन्छ भने राती सुत्नुअघि दुईवटा अलैंची खाएर तातो पानी पिउनुहोस् । यसमा पोटासियम, म्याग्नेसियम, भिटामिन बीवान, बीसिक्स र भिटामिन सी ले शरिरको अतिरिक्त बोसो पगाल्ने गर्दछ । यसमा पाइने फाइबर र क्याल्सियमले पनि तौललाई नियन्त्रणमा राख्छ ।

कपाल झर्न रोकिन्छः

राती दुईवटा अलैंची खाएर पानी पिउँदा कपालको जरा बलियो हुन्छ त्यसकारण कपाल झर्न रोकिन्छ । यसले कपाललाई कालो बनाउन पनि सहयोग पुर्याउँछ । यसले कपाललाई चायामुक्त पनि बनाउँछ ।

स्पर्म काउन्ट बढ्छः

यदि तपाईंको स्पर्म काउन्ट कम छ भने यो तरिका तपाईंका लागि फलदायक हुन्छ । अलैंची र तातो पानीले स्पर्म काउन्टलाई बढाउने गर्दछ । अलैंची र तातो पानीको सेवनले तपाईंको शारिरको अंग बलियो र स्वस्थ राख्ने भएकाले यौन जीवनमा थप रोमाञ्चकता निम्त्याउने गर्दछ ।

रक्तसंचार ठिक हुन्छः

यदि तपाईं दुईवटा अलैंची खाएर तातो पानी पिउनुहुन्छ भने रक्तसंचार ठिक हुनुका साथै तपाईंको रगतलाई पनि सफा बनाउँछ । जसका कारण तपाईंको छाला पनि राम्रो हुन्छ ।

पाचन क्रिया बलियोः

अलैंची र तातो पानीको सेवनले तपाईंको पाचन क्रिया बलियो बनाउँछ । यसले आन्द्रा र मृगौला पनि सफा राख्छ । यसले कब्जियतको समस्यालाई पनि टाढै राख्छ ।