मुस्ताङको कोरला नाकामा भवन बनाउँदै चीन

 काठमाडौं मङ्सिर ५। मुस्ताङको कोरला नाकामा चीनले क्वारेन्टाइन, भन्सारलगायत कार्यालय स्थापना गर्न पुर्वाधार निर्माण अगि बढाएको छ । नेपाल र चीनको अन्तर्राष्ट्रिय सीमा कोरला नाको २४ नम्बर पिल्लरको दसगजा क्षेत्रनजिकै चीनले करोडौँ लगानीमा पुर्वाधार बनाउन लागेको हो ।

चीनको स्वाशाति क्षेत्र तिब्बतसँग जोडिएको कोरला नाका अहिले बन्द छ । आगामी दिनमा नाका सञ्चालन गर्ने उदेश्यले भवनलगायत पुर्वाधार निर्माण गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।आजको नागरिक दैनिकबाट ।