१० करोड ठग्ने सहकारीका सञ्चालक पक्राउ


काठमाडौं  मंसिर १८। विभिन्न आश्वासन दिएर बचतकर्तालाई जम्मा गर्न लगाई बचत खातामा रहेको झण्डै १० करोड भन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा ऋण सहकारी संस्थाका संचालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ।

धर्मथपमा कार्यालय रहेको उक्त सहकारी गोयलले श्रीमतीलाई अध्यक्ष बनाएर संचालन गर्दै आएका थिए। बचतकर्ताले रकम झिक्न जाँदा विभिन्न बहाना बनाएर रकम नदिएपछि बचतकर्ताले प्रहरीमा खवर गरेका थिए ।

 

महानगरीय प्रहरी परिसर काठमाडौले अशोकलाई पक्राउ गरेपछि श्रीमती सुमन गोयल सहित अन्य संचालक फरार रहेकाले खोजी जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए। नेपाल समाचारपत्र दैनिकमा छ।