मुख्यमन्त्रीको आक्रोशः ‘सीडीओ किन यति शक्तिशाली ?

काठमाडौं, माघ ४ । प्रमुख जिल्ला अधिकारीलाई संघीय सरकारले शक्तिशाली बनाएको भन्दै मुख्यमन्त्रीहरुले गृहमन्त्रीसमक्ष आक्रोश पोखेका छन् । बिहीबार गृह मन्त्रालय पुगेका मुख्यमन्त्रीहरुले पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको आरोप लगाएका छन् ।

 

मुख्यमन्त्रीहरुले प्रदेश सरकारको भूमिकामाथि नै प्रश्न उठ्ने गरी सीडीओलाई झन् शक्तिशाली बनाउने हो भने समग्र शान्ति सुरक्षाको जिम्मा पनि संघीय सरकारले नै लिनुपर्ने चुनौती दिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भन्नुभयो, ‘लामो संघर्ष गरेर हामीले ल्याएको संघीयतामा सीडीओलाई झन् शक्तिशाली बनाउने हो भने प्रदेश सरकारको भूमिका चाहिँ के ?

 

सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र आन्तरिक शान्ति तथा व्यवस्था कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरिसकेको छ । दुबै विधेयकमा सीडीओलाई शक्तिशाली बनाउने प्रावधान छन् । समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।