कति छ त आजको सुन चाँदीको मूल्य ??

काठमाडौँ,  माघ  ६ । आइतबार सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार तोलामा २ सय रुपैयाले घटेको छ

आइतबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ६० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यसैगरी आइतबार तेजाबी सुन प्रति तोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी आइतबार चाँदी प्रति तोला ७ सय ५५ मा कारोबार भैरहेको महासंघले जनाएको छ ।