श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

टीकापुर, माघ ६ । कैलालीमा एक युवकले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।

जानकी गाउँपालिका–७ का ३५ वर्षीय प्रेमलाल चौधरीले आफ्नी श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरेका हुन ।

आइतबार बिहान साढे ६ बजेतिर श्रीमतीको हत्यापछि उनले भुण्डिएर आत्महत्या गरेका हुन् ।

हत्याको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।