काठमाडौंमा बढ्यो स्वाइन फ्लु संक्रमण

काठमाडौं, माघ ८ । राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ। चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा रुघाखोकी अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–उच१एन१’ भनिन्छ।

 

चिकित्सकहरुले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन् जटिल रहेको दाबी गरेका छन्। ओम अस्पतालको आइसियुमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भयो। तीन दिनअघिसमेत ओमकै आइसियुमा रहेका एक संक्रमितलाई इयरलिफ्ट गरेर भारत लगिएको समाचार कान्तिपुर दैनिकमा छ।

 

राजधानीमा अहिले स्वाइन फ्लु प्रकोपकै रुपमा देखिएकाले यसबाट प्रभावित भएर जटिल स्वास्थ्य अवस्थामा पुग्ने र मृत्यु हुने घटनामा वृद्धि भएको छ।