काठमाडौंमा एक महिनामा २१२ जनालाई स्वाइन फ्लु

काठमाडौं, माघ १० । राजधानी काठमाडौंमा एक महिनामा २१२ जनामा स्वाइन फ्लु देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार पुस १७ देखि माघ ८ सम्म ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का २१२ जना बिरामी अस्पतालमा भर्ना भएका हुन्।

 

ओम अस्पतालको आइसियुमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ। अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले बताएका  छन्।

स्वाइन फ्लुबाट बच्ने सही प्रबन्ध नहुँदा स्वास्थ्यकर्मीहरु नै बिरामीको उपचार गर्न डराउन थालेका छन्।समाचार नयाँ पत्रिका दैनिकमा छ।