मुख्यमन्त्री ‘अञ्चलाधीश’भन्दा कमजोर

काठमाडौं, माघ १० । सातैवटा प्रदेश सरकारहरु गठन भएको एक वर्ष पुग्नै लाग्दा मुख्यमन्त्रीहरु भने निरीह देखीन थालेका छन् । यसलाई नजिकबाट नियालीरहेका एक पुर्वप्रशासकले मुख्यमन्त्रीहरु हिजोका अञ्चलाधीशभन्दा कमजोर बनेको बताउनुभएको छ।

 

केन्द्रले आफ्नो शक्तिशाली प्रतिनिधिका रुपमा प्रजिअलाई स्थापित गर्नेगरि कानुन ल्याउन लागेको तथा प्रहरीतर्फ प्रदेश सरकारलाई प्रहरी निरीक्षकसम्मको मात्रै अधिकार रहने विधेयक ल्याएपछि प्रदेश सरकारहरु थप झस्किएका छन् ।

 

‘मै मन्त्री छु, गृह प्रशासनको जिम्मेवारी मैसँग छ ।’ मैले त सरकारमा भएको अनुभुति गर्न सकेको छुइँन, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान भन्नुहुन्छ । चुमानले भन्नुभयो, सुशासन र शान्तिसुरक्षाका सवालमै काम गर्न नपाएपछि सरकारको अनुभुति कसरी हुन्छ । समाचार कान्तिपुर दैनिकमा छ ।