कश्मीरमा चरमपन्थीको आक्रमणमा मुत्यु हुनेको संख्या ४४ पुग्यो,

भरतको जम्मु।काश्मिरको अवंतीपोरा नजिकै अहिलेसम्मको सबैभन्दा ठुलो आत्मघाती आक्रमण भएको छ । यो आक्रमण सीआरपीएफको सवारीलाई निशाना बनाएर आईईडी ब्लास्ट द्धारा गरिएको थियो । सीआरपीएफ को सवारीसाधन माथि आक्रमण त्यो बेला भयो जब सेनाका जवानहरुको कन्भो जम्मुबाट श्रीनगर तिर गईरहेको थियो । न्यूज एजेन्सि रिउटर्सका अनुसार, अलिेसम्म यो आक्रमणमा ४४ जवानको मुत्यु भएको छ ।

 

चरमपन्थीले पहिला जवानहरु माथि गोली बर्षाए र उनीहरुमाथि कारद्धारा आईईडी पट्काएर विस्फोट गराएका थिए । विष्फोटपछि पनि जवानहरु माथि फाइरिङ
समेत गरिएको थियो ।

 

आक्रमण पुलवामा जिल्लाको अवंतीपोराको गोरीपोरा इलाकामा भएको थियो । यो कन्भोमा ७० वटा सवारीसाधन समावेश थियो । यी मध्ये एउटा सवारीसाधनमा चरमपन्थीलेले आफनो निशाना बनाएका थिए । यो आक्रमणलाई नै २०१९ को सबैभन्दा ठुलो आतंककारी आक्रमण बताइएको छ ।

 

सीआरपीएफको ५४ औ बटालियनको बसलाई निशाना बनइएको छ । समाचार एजेन्सि एएनआई का अनुसार यो आक्रमणको जिम्मेदारी पाकिस्तानी आतंकी संगठन जैश–ए–मोहम्मद ले लिएको छ ।

आक्रमणमा घाइते जवानहरुलाई अस्पताल भर्ना गरिएको छ भने आसपासको स्थानहरुमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।