धनगढी उप–महानगरपालिका योजना सम्पादनमा देशकै पहिलो

धनगढी, फागुन ३ । कैलालीको धनगढी उप-महानगरपालिका नगरविकास कोषबाट संचालित योजनाहरूको सम्पादनमा देशमै पहिलो भएको छ ।
नगरविकास कोषले देशमा रहेका २ सय १७ वटा नगरपालिकाहरूमध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कृष्ठ भएको हो । नगरविकास कोषले आफ्नो ३१औँ वार्षिकोत्सव कार्यक्रममा धनगढी उप-महानगरपालिकालाई सम्मान गरिएको हो ।

 

धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई वार्षिकोत्सव कार्यक्रममा सम्मानपत्र ग्रहण गरेका थिए। शहरी विकास मन्त्री महम्मद इश्तियाक राईले प्रमाणपत्र प्रदान गरेका थिए। शहरी विकास मन्त्री राईले धनगढी उप–महानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए।

 

उनले स्थानीयतह बिच राम्रा सिकाईहरु हस्तान्तरण गरिनुपर्ने बताए। उक्त सम्मानले आफूहरूलाई थप हौसला प्राप्त भएको नगरप्रमुख वडले बताए। उनले कार्य सम्पादनका उत्कृष्ठ काम गर्न सहयोग गर्ने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूलाई धन्यवाद दिए।