क्रान्तिकारी माओवादीले मेची-महाकाली जनजागरण अभियान दाङको तुलसीपुरमा जनसभा भव्यरुपमा सम्पन्न

दाङ, फागुन १५ । दाङ जिल्लाको तुलसीपुरमा बुधवार एक जनसभा भव्यरुपमा सम्पन्न भएको भएको छ । र्याली बसपार्कबाट सुरु भएर सुर्खेत रोड, वीरेन्द्र चोक ‘क’लाइनहुँदै वीपी चोकमा पुगेर कोेणसभामा परिणत भएको थियो ।

 

उक्त कोणसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिव परि थापा, दाङ जिल्लाका जिल्ला इञ्चार्ज हिरामणि दुखीले सम्बोधन गरेका थिए ।

देजमो दाङ जिल्लाका सचिव ईश्वरीप्रसाद गैरेद्वारा सञ्चालित उक्त कोण सभामा वाईबी शाहले स्वागत भाषण गरेका थिए ।

फागुन ७ गतेबाट पूर्वमा मेची र पश्चिममा कञ्चनपुर तथा मध्यमा काठमाडौं र पोखराबाट एकै पटक उद्घाटन गरी सञ्चालन भएको मेची महाकाली जनजागरण अभियान मंगलवार साँझ मात्र दाङ जिल्लामा प्रवेश गरेको थियो ।