अब फ्रान्सले पनि रोजगारीको लागि नेपाली युवालाइ लिने

 

काठमाडौं फागुन १५ । नेपाल र फ्रान्स बीच  नेपाली महिलालाई पनि रोजगारीको लागि अवसर प्रदान गर्न मन्त्री विष्टले आग्रह गर्नु भएको छ उनले नेपालीहरु रोजगारीको लागि खाडी र युरोपका विभिन्न देशमा कार्यरत रहेको मन्त्री विष्टले उल्लेख पनि गर्नु भएको छ ।

 

नेपाल र फ्रान्स बीचको बहुआयामिक सम्वन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री विष्टले द्विपक्षीय सम्झौताको पालनाको सम्बन्धमा नेपाल सरकार जिम्मेवार रहेको बताउनुभयो ।दुवै देशबीच रोजगारीका अवसर आदानप्रदानमार्फत दुवै देशको हित अभिवृद्धि गर्न सकिने विषयमा छलफल भएको छ ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोसी जेभिएर लेजेर बीच बिहीबार भएको शिष्टचार भेटका क्रममा उक्त विषयमा छलफल भएको हो ।

 

भेटमा राजदूत फ्रान्कोसीले नेपालमा देखिएको राजनीतिक स्थायित्व प्रति खुशी व्यक्त गर्दै फ्रेञ्च कम्पनीले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउन चाहेको र यसको लागि नेपालको आवश्यकता के हो भन्ने विषय पहिचान गर्न जरुरी रहेको बताउनुभएको थियो ।मन्त्री विष्टले नेपालमा विसं २०७२ सालमा आएको विनासकारी भूक म्पको बेला फ्रान्स सरकारले पुर्याएको सहयोग र विभिन्न पूर्वाधार विकासको क्षेत्रमा गरेको लगानीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।