आज सार्वजनिक विदा

सप्तरी, फागुन २३ । सप्तरीको राजविराज नगरपालिकाले आज बहीबार सार्वजनिक विदा दिइएको छ । मलेठ घटनामा सहिद भएकाहरुको सम्झनामा विदा दिने निर्णय गरिएको छ ।

 

आज घटनामा मृत्यु भएकाहरुको आत्माको चिरशान्तीको कामना गर्ने शोक व्यक्त गर्ने विज्ञप्तिमा भनिएको छ ।

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, सप्तरीको आह्वानमा तत्कालीन नेकपा एमालेको मेची महाकाली अभियान बिथोल्न उत्रिएका प्रदर्शनकारीसँग २०७३ साल फागुन २३ गते मलेठमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका पाँच जना शहीदको स्मृति एवं सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।