हातहतियार मुद्दामा कैद र जरिवना

भोजपुर, फागुन २३ । जिल्ला अदालत भोजपुरले हात हतियार खरखजना मुद्दामा एक युवकलाई छ महीना कैद र जरिवानाको फैसला गरेको छ ।

अदालतले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं ८ बासिखोराका ३१ वर्षीय प्रविण राईलाई छ महीना कैद र १५ हजार जरिवानको फैसला गरेको हो । प्रहरीले राईलाई गत पुस ९ गते बाँदर तर्साउनका लागि घरमा राखेको बन्दुकसहित पक्राउ गरेको थियो ।

राईलाई प्रहरी जवान सञ्जीवकुमार राईको जाहेरीले पक्राउ गरेको हो । रासस