त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने

काठमाडौं, फागुन २३ । दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत ९अप्रिल १० देखि २०७६ असार १५ ९जुन ३००सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको एक मात्र तीन हजार ५० मिटर १० हजार सात फिट लामो धावनमार्ग जीर्णोद्वार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने बिहान ८ बजे मात्रै संचालन गरिने समाचार कान्तिपुर दैनिकमा छ।

 

राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको छ। ‘हाल भइरहेका उडानमध्ये १५र२० प्रतिशत कटौती हुने देखिन्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापवावु तिवारीले भने। हाल विमानस्थलमा दैनिक ३०० हाराहारी उडान हुन्छन्।