आज मिति २०७५ साल फागुन २६ गते आइतबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहो।तपाईको मनोकामना पुरा हुनेछ

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुँनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउँन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले कमजोर रहनेछ । लामो दुरिको बिदेश यात्राको योग रहेकोछ भने बिदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो बाताबरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुँने योग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानिका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

बिशिष्ट तथा उच्च पदश्थ ब्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

बैक तथा बित्तियसस्थामा गरिएको लागानिबाट सन्तोषजनक कमाई हुँनेछ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार नतिजा नआउँने हुँनाले मन खिन्न हुँनेछ । माईति तथा चेलिबिचको सम्बन्ध बिग्रन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला । पढाई लेखाईमा अलि बढि मेहनेत गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । एकल तथा साझेदारि व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पति लाभहुँने योग रहेकोछ । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुलेनै दाबि गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाई लेखाई बिग्रनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

छोटो तथा रमाईलो भ्रमण गर्ने अवसर प्राप्त हुँनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुन सुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउँदा मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानि हुँनेछ ।