गोरखामा पनि प्रेसर कुकर बम फेला

गोरखा, फागुन ३०। गोरखामा २ ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै आँबुखैरेनी बजार नजिकै बिहीबार बिहान २ वटा बम भेटिएको प्रहरीले जनाएको छ ।

 

बम डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज ९बिहीबार० आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर​ देखिएको छ ।

 

बन्दलाई निस्तेज पार्न राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उपत्यकाका मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन गरीएको छ ।