भिनाजुको प्रेमसम्बन्धमा रहेकी श्रीमतीले नै हत्यामा संलग्न

काठमाडौं,चैत १९। गत बुधबार बुटवलमा भएको फिरोज खानको हत्यामा श्रीमतीकै संलग्नता रहेको खुलेको छ । हत्या गरिएका ४५ वर्षीय फिरोज अन्सारी ९खान० की श्रीमती साहिन खातुनसँगै प्रेमसम्बन्धमा रहेका भारत बिहार बेतिया ४२ वर्षीय साधिर हुसेनले हत्या गरेको प्रहरीले जनाएको छ ।

खातुन र हुसेन नाताले साली भेना हुन् ।हुसेनले बुधबार साँझ कामबाट कोठामा फर्किदै गरेका फिरोजलाई कोठा आउँदै गर्दा गेटनिर गोली प्रहार गरेर फरार भएका थिए । हत्यामा फिरोजकी श्रीमती साइना खातुन र साइनाका भिनाजु कादिर अन्सारीको संलग्नता रहेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार फिरोजलाई कादिरले नै गोली प्रहार गरेका हुन्। घट्नापछि साइनालाई पक्राउ गरी अनुसन्धान थालीएको छ।

 

कादीर भने फरार छन्। भिनाजुसँग पहिलेदेखी नै अबैध सम्बन्ध रहेको र त्यसैका कारण हत्या भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए। भारत विहारको बेतीया बस्ने साइनाका भिनाजु कादीर घट्ना हुने दिन बुटवल आएर सोही दिन फर्केको प्रहरी अनुसन्धानबाट देखिएको छ । ‘दिउसो ३ बजे नवलपरासीको त्रिवेणी नाका हुँदै नेपाल प्रवेश गरेको र सोही रात १०–११ बजे नाकाबाट बाहिरिएको देखीएको छ ।’

 

प्रहरीले साइना खातुनसँग मोबाइल फोन माग्यो।उनले मोबाइलको कल रेकर्ड डिलीट गरेकी थिइन्।डिलिट गरेको कल रेकर्ड निकाल्दा कादिरको फोन कुराकानी भन्ने खुलेको एसपी हृदय थापाले बताए।