संसदमै कपडा खोलेर अर्ध–नग्न प्रदर्शन प्रर्दशन

काठमाडौँ । बेलायतको हाउस अफ कमन (तल्लो सदन)मा सोमबार ब्रेक्जिटसम्बन्धमा वहस चलिरहको थियो । सोही समय अर्ध–नग्न प्रदर्शनकारीहरुले सदन अवरुद्ध गर्ने प्रयास गरे ।

 

ग्यालरीको सिसाबाट २० मिनेटसम्म तल च्याम्बरमा आफ्नो नितम्ब देखाएका थिए । माथि ग्यालरीमा अहिंसात्मक प्रदर्शन चलिरहँदा तल च्याम्बरमा सांसदहरुले भने वहस जारी राख्ने प्रयास गरेका थिए । ‘एक्जिस्टेन्सियल रिवेलियन’ नामको समूहका ११ अभियानकर्मीहरुले उक्त विरोध प्रर्दशन गरेका थिए ।

 

प्रदर्शनकारीहरुले आफ्नो छातिमा ‘सबैको लागि जीवन’ र ‘एसओएस’ जस्ता नाराहरु लेखेका थिए । समुहले जलवायु परिवर्तन मुद्धा ब्रेक्जिट वहसमा प्रमुखजस्तै मुद्धा हुनुपर्ने भए पनि हालसम्म छलफलमै नआएको भनेको छ ।

 

प्रदर्शनकारीहरु ग्यालरीबाट हट्ने तरखर नगरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले सर्वसाधारण ग्यालरी खाली गर्न भन्दा पनि विरोध जारी राखिएपछि एक एक गरेर प्रदर्शनकारीहरुलाई बाहिर निकालेको थियो ।

बहसमै नग्न प्रर्दशनको हाँसिमजाक

लेबर सांसद पिटर काइलले भाषण गरिरहँदा प्रदर्शन सुरु भएको थियो । उनी ब्रेक्जिटमा जनमत संग्रह हुनुपर्ने प्रस्तावको पक्षमा तर्क दिइरहेका थिए ।

 

काइल बोलिरहँदा कन्जरभेटिभ सांसद जस्टिस ग्रिनिङले नग्न प्रदर्शनकारीतर्फ संकेत गर्दै ‘तर्कलाई यसरी नग्न प्रस्तुत गरेकोमा काइललाई’ बधाई दिए ।
जवाफमा काइलले ग्रिनिङलाई उनको ‘अभद्र हस्तक्षप’को लागि धन्यवाद दिए ।

 

त्यस्तै कन्जरभेटिभ निक बोल्सले पनि काइल्सको भाषण र नग्न प्रदर्शनलाई जोडेर ‘यस्तो ध्यान तान्ने परिणामको भाषण प्रस्तुत गरेकोमा’ धन्यवाद दिए । साथै उनले ‘एक परिचित नग्नवादी’ सहित आफ्ना पार्टीका धेरै सहकर्मीहरु सदन छुटेको भन्दै अनुपस्थितप्रति पनि व्यङ्ग्य गरे ।

 

‘एक परिचित नग्नवादी’ भनेर उनले बरनार्ड जेन्कीनलाई भनिरहेका थिए । उनी नग्नवादलाई आफ्नो नीजि रुचि बताउने गर्छन् ।

 

पछि प्रदर्शनकारीहरु हटाइएपछि सभामुख जोन बरकोले प्रहरी अधिकारीहरुलाई धन्यवाद दिदैं “अब हामी वहसमा जोड दिउँ । हामी यहाँ त्यहीँ गर्न आएका हौं ” भने ।

 

प्रदर्शनपछि जारी एक वक्तव्यमा एक अभियानकर्मी मार्क ओभल्याण्डले जलवायु परिवर्तन ‘ब्रिटिश सरकारबाट खुल्लमखुल्ला र लापरवाही तरिकाले बेवास्तामा पारिएको’ बताए । यसैले समूहले बे्रक्जिटबारे वहस चलिरहदाँ ध्यान तान्न खोजेको स्पष्टीकरण दिए ।एजेन्सी,