भारतले खसालेको भनिएको पाकिस्तानी एफ–१६ विमान ‘सकुशल’ रहेको अमेरिकाको दावी

काठमाडौँ, चैत २२।भारतले फेब्रुअरी २७ को दिन पाकिस्तानी लडाकू विमान र आफ्ना लडाकू विमानबीच भएको जम्काभेटका क्रममा पाकिस्तानको एफ–१६ लडाकू विमान खसालेको दावी गरेको थियो । यस विषयमा हालसम्म उक्त विमान निर्माता अमेरिकाले प्रतिक्रिया कुनै प्रतिक्रिया दिएको थिएन । तर हाल आएर अमेरिकाले पाकिस्तानसँग रहेको एफ–१६ जहाजहरुको गन्ती गरेर सबै विमानहरु यथावत रहेको बताएको छ । अमेरिकी म्यागजिन ‘फरेन पोलिसी’ ले जहाजको गन्तीलाई लिएर एक रिपोर्ट दिएको छ ।

 

इण्डियन इयर फोर्सले फेब्रुअरी २८ अर्थात घटनाको भोलिपल्ट पाकिस्तानी एफ–१६ ले मार होनेको एएमआरएएएम मिसाइलको टुक्राहरु देखाएको थियो । त्यसलाई उसले अमेरिकामा निर्मित एफ–१६ कश्मिरमा आक्रमण गर्नका लागि प्रयोग भएको प्रमाण भएको बताएको थियो ।

 

पाकिस्तानले सुरु देखिनै भारतीय एयर फोर्सले उसको एक एफ–१६ खसालेको कुराको खण्डन गर्दै आएको छ । म्यागजिनको रिपोर्टअनुसार पाकिस्तानले एफ–१६ विमानहरु यथावत रहेको प्रमाण दिनको लागि निमन्त्रणानै गरेको लेखेको छ ।

 

‘अमेरिकाले पाकिस्तानसँग भएका एफ–१६ जहाजहरु गन्दा सबै जहाजहरु यथास्थितिमा रहेको र यसले फेब्रुअरीमा भएको विवादका क्रममा उसको एक जहाज खसालेको भन्ने भारतको दावीसँग नमिलेको बताएको छ,’ विहिबार म्यानगिनकी रिपोर्टर लारा सेलिग्म्यानले समाचारमा लेखेकी छिन् ।

 

‘घटनाका विस्तृत विवरणहरु आइरहँदा भारतका लागि खराब समाचार मात्र छ जस्तो देखिन्छ,’ एमआईटी विश्वविद्यालयका प्रद्यापक विपिन नरङले म्यागजिनसँग भने, ‘यस्तो देखिन्छ कि भारतले पाकिस्तानमाथि उलेख्य क्षति पु¥याउन असफल त भयो तर त्यस क्रममा आफ्नै एक विमान र एक हेलिकप्टर भने गुमायो ।’

 

सामान्यतया यी विमानका सम्झांैतामा अमेरिकाले विमान खरिद गर्ने देशले अमेरिकी अधिकारीहरुलाई समय समयमा उपकरणहरुको अनुगमन गर्न दिनुपर्ने सर्त हुन्छन् । फेब्रअरी १४ मा भारत प्रशासित काश्मिरको पुलवामा ४० सीआपीएफ जवानहरुको हत्या भएपछि भारत र पाकिस्तानबीच तनाव बढ्यो । उक्त घटनाको जिम्मा पाकिस्तानमा आधार रहेको जैश–ए–मोहम्मदले लिएको थियो ।

 

जवाफमा भारतले जैशको पाकिस्तानी सीमाभित्र रहेको वालाकोटस्थित तालिम केन्द्रमा हवाई हमला गर्यो । आफ्नो भूमिमा बमबारी गरेको बदलामा फेरि भोलिपल्ट पाकिस्तानले उसका एयर फोर्सका जहाज भारतीय आकासमा छिरायो ।

 

ती पाकिस्तानी विमान लखेट्दै जादाँ एक भारतीय एमआईजी–२१ पाकिस्तानी भूभागमा गएर झर्यो र विमानका पाइलट अभिमान भर्थमान पक्राउ परे । अभिमानलाई पछि ‘तनाव कम गर्नको लागि भन्दै’ पाकिस्तानले भारतलाई हस्तान्तरण गरिदियो । एजेन्सीबाट,