फेरि पनि हतियार उठाउने उद्घोष गर्दै भने,शासकहरूले बन्दुक राख्न पाउने,जनताले किन नपाउने : मोहन वैद्य (किरण)

 

      रनसुर महतारा (रमेश)-

काठमाडौं,चैत्र २४ ।नेकपा (क्रातिकारी माओवादी)समर्पित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनको विशाल जनसभाका बीच मशाल बालेर क्रातिकारी माओवादीका महासचिव महाेन वैध (किरण)ले मोर्चाको सम्मेलनको उद्घाटन गर्नुभएकाे थियाे। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महासचिव किरणले मशाल बालेर सम्मेलनको उद्घाटन गर्दै गर्दा जनसमुदायले गडगडाहट ताली बजाएर स्वागत गरेका थिए ।

 

मोर्चाका सचिव परि थापाले सञ्चालन गरेको सम्मेलन उद्घाटन समारोहको अध्यक्षता मोर्चाका अध्यक्ष सीपी गजुरेलले गरेका थिय।भने क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, पार्टी प्रवक्ता हरिभक्त कँडेल, क्रान्तिकारी माओवादीका सल्लाहकार समितिका अध्यक्ष डा ओम गुरुङ, नेकपा (माले)का महासचिव सिपी मैनाली, नेकपा (माके)का अध्यक्ष गोपाल किराती, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, नेकपाका नेता रत्नप्रसाद जोशी, वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल‘आहुती’लगायत अतिथिको रुपमा उपस्थित  भएका थिए।

 

त्यस्तै  नेकपा (क्रान्तिकारी ओवादी)का महासचिव मोहन वैद्य किरणुले आवश्यक परे फेरि हतियार उठाउने उद्घोष गरेका छन्। पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्।

 

देशले नयाँ विकल्पको खोजी गरेको छ। नयाँ विकल्प खोज्नु छ। हामी त्यो विकल्प हौँ। सच्चा कम्युनिस्टहरु। सत्ता बाहिर रहेका जनवादी गणतन्त्र पक्षधर कम्युनिस्टहरु, किरणले अगाडि भने, हामी मिल्यौ भने यो व्यवस्था ढाल्न सकिन्छ। आन्दोलन कुराले मात्र हुन्न आवश्यक परे बन्दुक उठाउनुपर्छ। उनीहरु ९शासक०ले बन्दुक राख्न पाउने जनताले राख्न नपाउने भन्ने हुन्छरु आवश्यक परे जनआन्दोन, जनविद्रोह र सशस्त्र विद्रोहका लागि तयार हुनुपर्छ।

 

उनले सत्ता बिना केही सम्भव नहुने भन्दै सत्ताका लागि संघर्षको प्रक्रिया अगाडि बढेको उद्घोषसमेत गरे। अब सत्ता बिना अरु केही काम छैन। सत्ता कसको जनताको की प्रतिक्रियावादीकोरु भन्ने प्रश्न मुलभूत रुपमा हो। जनताको सत्ता स्थापनाका लागि संघर्ष आवश्यक छ, उनले भने।

 

महासचिव किरणले अहिलेको सरकार कम्यनिस्ट सरकार नभएको र कम्युनिस्टको बदनाम गर्ने सरकार भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ुसमृद्ध नेपाल सुखी नेपालीु को नारालाई लफ्फाजीुको संज्ञा दिए।

 

ओलीजीले समृद्ध नेपाल सुखी नेपालीको लफ्फाजी दिइरहनु भएको छ। के सम्भव छ समृद्ध नेपाल सुखी नेपालीको नारारुु उनले प्रश्न गरे,हाम्रा उब्जाउ जमिन बाँझो राखेर विदेशबाट अन्न आयात गरेर, हाम्रा रोजगार युवालाई विदेश पठाएर, नेपाली नदी नाला विदेशीलाई वेचेर के समृद्धि आउलारुु

 

उनले नेपालमा विदेशी लगानीको नाममा विस्तारवाद भित्राएको आरोपसमेत लगाए।

 

के हो लगानीको लागि विदेशी गुहारेकोरु नेपालको विकास नेपालीको लगानी हुनुपर्छ। के नेपालीले कर्णाली बनाउन सक्दैनन्रु, उनले प्रश्न गरे।

 

महासचिव किरणले भारतीय विस्तारबादको साहरामा नेपाल प्रवेश गर्ने अमेरिकी साम्राज्यवाद अहिले सिधै नेपाल पस्न थालेकोसमेत बताए।

 

उनले इन्डो प्यासिफिक रणनीति अनुसार नेपालमा अमेरिकाले खेल्न थालेकोसमेत बताए। यसैको परिणाम स्वरुप सिके राउतसँगको सहमति यसैको परिणाम भएको उनको आरोप थियो।

 

उनले रेसम चौधरीलाई मिथ्या आरोप लगाएर जेल हालिएकोसमेत आरोप लगाए। उनले राजनीतिक मुद्दालाई अपराधिक मुद्दा बनाएर जेल हालिएको आरोप लगाए।

विप्लव माथिको प्रतिबन्धस् ओली जीले झापा विद्रोह सम्झनुस, प्रचण्ड जीले जनयुद्ध

 

यसैबीच किरणले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गरे। उनले कम्युनिस्ट नामको सरकारले कम्युनिस्टमाथि प्रतिबन्ध लगाएको भन्दै आफ्नो विगत हेर्न सुझाव दिए।

 

एक पटक ओलीजीले २८ सालको झापा विद्रोह सम्झनुस। त्यतिवेला सरकारले उहाँहरुलाई त्यही गर्‍या होइन। प्रचण्ड जीले ५२ सालको जनयुद्ध सम्झनुस उहाँलाई पनि सरकारले त्यही गर्‍या होइन्, उनले भेनेका थिए ।