म विखन्डनवादी होइन : दलाई लामा

काठमाडौं,चैत्र २५। तिब्बती धर्मगुरु दलाई लामाले तिब्बती जनता सन् १९७४ देखि तिब्बतको मुद्दामा चीनसँग एक आपसी सहमतिमा समाधानका लागि इच्छुक रहेको बताएका छन् ।

यद्यपी बेइजिंगले उनलाई विखन्डनवादी मानेको छ, तर आफु त्यसतो नभएको उनले बताए । तिब्बती आध्यात्मिक गुरुले एक पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा उक्त कुरा बताएका हुन् । तिब्बतका जनता यसकै आधारमा समाधान खोज्न तयार रहेको उनले बताए ।

 

चीनबाट तिब्बत स्वतन्त्रताका लागि इच्छुक नभएको पनि उनले दोहोर्याए । सन् १९७४ मा हामीले स्वतन्त्रता माग्नु सट्टा आपसी सहमतिको समाधान खोज्ने निश्चय गरेको दलाई लामाले बताए । सन् १९७९ मा चीन सरकारसँग आफुले सीधा संवाद स्थापित गरेको र समाधानका लागि आफु आधारभुत मागलाई लिएर प्रष्ट रहेको उनले बताए ।नेपाल समाचार पत्रमा खबर छ ।

 

चीन सरकार चाहन्छ कि म तिब्बतको स्वतन्त्रताका लागि लडुँ– उनले भने । एक प्रकारको पुनर्मिलन अनुरुप आफुले तिब्बत चीनसँग रहने उपाय दिएको दलाई लामाले बताए । दुबै पक्ष आफनो समृद्ध धरोहरबाट एक अर्कालाई लाभान्वित गर्न सक्ने पनि तिब्बतका आध्यात्मिक नेताले सुझाव दिए । उनले युरोपेली संघको भावनको पनि सराहना गरे ।

 

द्वितीय विश्वयुद्धका क्रममा फ्रान्स र जर्मनी एक अर्काको शत्रु थिए, तर युद्धपछि उनीहरु आफनो हितबाट माथि उठेर साझा हितमा आए, ईयुको निर्माण अभुतपुर्व थियो –उनले बताए ।एजेन्सी