बस दुर्घटना हुँदा २ नेपालीसहित १३ जनाको मृत्यु, ३० घाइते

काठमाडौं ,चैत २५। मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित १३ जनाको मृत्यु भएको छ । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलका कामदार बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको र ३० जना घाइते भएका हुन् ।

विमानस्थल नजिकै सेपाअङमा आइतबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुने नेपालीहरुमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु रहेका छन् । गम्भीर अवस्थाका तीन जना घाइतेको आइसीयूमा राखेर उपचार भइरहेको छ । सो बसमा नेपाली, बंगलादेशी र इन्डोनेशियन कामदार चढेको थिए ।एजेन्सी