मुगुका विभिन्न गाउँमा स्वच्छ खाने पानीको अभाव

  पहलमान राेकाया 

मुगु, बैशाख ७।मुगुको खत्याड गाउँपालीका वडा न.९ रोकायागाउँमा खाने पानीको अभाव भएको छ। स्थानीय बासिन्रदा शद्ध पिउने पानीको सुविधाबाट बन्चित भएका छन्। गाउँका तीन सय घरपरिवारले दुषित पिउने पानी प्रयोग र्गदै आएका छन्। भने त्यसै गरी विद्यालयमा पनि शुद्ध खाने पानीको अभाव छ।

 

गाउँको बस्ती नजिक खानेपानीको श्रोत तथा मुहान नहुँदा खत्याड गाउँपालीका वडा न. ९ का रोकायागाउँ,र्काकिवाडा,गिमगाउँ,र्साकिबाडा, लावडबाडा,गाउँवाडा, लगायत स्थानका बासीन्दा खाने पनीको अभावबाट पिडीत भएका छन्। गाउँमा बषौदेखी खानेपानीको समस्या रहेको वडा न.९का अध्रयक्ष नरेन्द्र रोकायाले बताउनु भयो एक गाग्रि पानी लिन २ देखी ३ घण्टा पालाे कुरेर बस्नुपने स्थानीय महिलाको दैनिकी नै बनेको छ।

 

स्थानीयले नाउला अथवा कुवामा संकलन भएको धमिलो पानीको भर र्पनु परेको छ। यहाँका बासिन्दाले पालेका पशु चौपायाले पिउने पानी पनि नाउला अथवा कुवाकै विकल्पको रुपमा रहेको छ। घरमा अन्य समस्या भन्दा पनि पानी कहाँबाट ल्याउने भने चिन्ताले बढी सताउने गरेको स्थानीय वासिन्दा बताउछन्।

 

महिला र बालबालीकालाइ दैनिक पानी ओर्सानमै समय बित्ने गरेको स्थानीय बासिन्दा बताउ छन्। एक गाग्रि पानीका लागी पालो कुरेर बस्नु र्पने बाध्यता रहेको स्थानीय सौरा रोकायाले बताइन । बर्षात भए आकासे पानी संकलन गरेर पशु चौपायालाइ खुवाउने गर र्छन् । गाउँमा लामो समय देखि खाने पानीको समस्या रहेको छ, यसका लागी कतैबाट पनी पहल हुनसकेको छैन। गाउँ नजिकैको पंचदय माध्यामिक विद्यलयमा पनि शद्ध पिउने पानीको अभावमा छ। विद्यलयका प्रधानाध्यापक कृष्ण बहादुर कुवरले बताए ।

 

तीन हजार मिटरको उचाइमा रहेको यो गाउँमा पिउने पानीको अभाव छ। जस्का कारण स्थानीयलाइ चर्पिको प्रयोग तथा सरसफाइ गर्न समस्या भएको छ। शुद्ध पिउने पानीको अभावमा स्थानीय वासिन्दा झडापखाला,आउ, जुका लगाएत रोगबाट ग्रसित भएका पाइन्छन् ।

 

जलवायु परिवतर्न बढदो वन विनास बाढी पहिरो सुखा खडेरी लगायत कारणले समग्र जिल्लामा खाने पानी को समस्या बढ्दै गएको छ । उता गाउँपालीकाले रोकाया गाउँको खानेपानी समस्या समाधानका लागि गाउँपालीका लगाएतका सबै सरोकारवाला संघ सस्थाले ध्यान दिइ त्याँहाको जल्दोबोल्दो समस्यालाइ समाधान गरि स्वच्छ खाने पानी पिउने धोको समुदायको पुरा गरिदिए पुण्य प्राप्त हुन्थ्यो होला।