विद्यालय पहुँच भन्दा बाहिरका विद्यार्थी

सर्लाही, बैशाख ९ । सर्लाहीका दलित तथा सीमान्तकृत समुदायका द्येरै बालबालिका विद्यालय पहुँच भन्दा बाहिर छन् । अशिक्षा र गरिबीको कारण उनीहरु विद्यालय जान छोडेर गाउँ घरका साहु महाजनकँहा घरमा घरेलुु कामदारको रुपमा काम गर्न बस्ने गरेका छन ।दलित समुदायका बालबालिकाहरु द्येरै जसो हिउँदको समयमा बाबुआमा सँगै ईटाभट्टा र भारतको पन्जावमा आलु रोप्ने काममा जाने भएकाले दलित समुदाय बालबालिकाहरु पठनपाठनबाट बञ्चित भएका हुन ।

 

बाबुआमासँग काम गर्न बाहिर गएका बालबालिकाहरु वर्ष लागेपछि मात्र घर फर्किने गरेका छन ।उनीहरु अहिले बाबुआमासँगैे काम सकेर घर आएपनि अधिकांश दलित समुदायका बालबालिका दिनभरी खोला माछा मार्ने ,खेतबारीमा काम गर्ने र गाई बाख्राको गोठालाको रुपमा काम गर्ने गरिरहेका छन ।सरकारले विद्यालय उमेरका बालबालिकालाई लक्ष्यित गरि विद्यालय भर्ना अभियान संचालन गरेको भएपनि त्यो दलित तथा गरीब बस्तीमा खासै प्रभावकारी बन्न सकेको छैन।

 

सरकारको कार्यक्रम अनुसास यश वर्षमा पनि विगतका वर्ष जस्तै विद्यार्थी भर्ना अभियान सुरु भईसकेको छ ।विद्यालय उमेरका बालबालिका शिक्षाबाट बञ्चित नहोस् भन्ने उदेश्यले सरकारले दलित तथा गरीब विद्याथीहरुका लागि केही आक्रशनका कार्यक्रम सचालन गरेपनि त्यो पभाकारी ह’न सकेको छैन।

 

दलित र गरीब समुदायका बालबालिका पढनका लागि विद्यालय गएपनी द्येरै बालबालिकाले बिचमा नै बिद्यालय छोडेर जाने गरेको महाबिर जनता मावि हरिपुरका विद्यालय व्यवस्थापन समितिका अद्ययक्ष उदयनारायण चौद्यरीले बताउनुभयो।अहिले शिक्षक , विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिद्यिहरु विद्यालय भर्ना अभियान सफल बनाउन घरदैलो गरिरहेका छन। नेपाल समाचारपत्रबाट।