सामाजिक न्यायसहितको लोकतन्त्रका साथ अगाडि बढेका छौ : प्रधानमन्त्री


   नरेन्द्र महतारा-

काठमाडाै,बैशाख ९। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपि शर्मा ओलिले सामाजिक न्यायसहितको लोकतन्त्रका साथ आफुहरु अगाडि बढिरहेको उल्लेख गर्नुभएको छ। कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा आयोजित बिशेष समारोहमा बोल्दै प्रधानमन्त्री ओलिले उक्त कुरा उल्लेख गर्नुभएको हो।

 

नेपालमा कम्युनिष्ट आन्दोलनले बिगतदेखी वर्तमानसम्म धेरै उपलब्धिहरु हासिल गरिसकेको र यसले राष्ट्रिय,स्वाधीनता र भौगोलिक अखण्डताको सुरक्षा गरेकोले सम्पुर्ण जनताको बिश्वास आफुहरुमाथी रहेको पनि उहाँले बताउनुभयो।

 

हिजोका आन्दोलनहरुमा धेरैले ज्यान गुमाउनुपरेको र कयौं घाइते हुनुपरेकोमा उहाँले स्विकार्दै भन्नुभयो अबका दिनमा देशमा परिवर्तनका आन्दोलनहरु हुने र ति आन्दोलनले देशमा कुनै क्षति हुनेछैन। अहिले कम्युनिष्ट पार्टीले इतिहासमै शक्तिशाली बहुमत प्राप्त गरेकाले यसलाइ सदाका लागी टिकाइराख्न आफुहरु हरतरहले लाग्ने र आफुप्रती जनताले जुन बिश्वासका साथ अपेक्षा गरेका छन त्यो पुर्ण रुपले पुरा हुनेछ र त्यसका लागी सबै जनता ढुक्क भएर बस्न उहाँले आग्रह गर्नुभयो।

 

 

हिजोका दिनमा देशमा भ्रष्टाचार थामिनसक्नु भएकाले अहिलेको सरकारले त्यसलाइ शुन्य सहनशीलतामा रुपान्तरण गर्न धेरै समय लागेकाले आफ्नो कामको प्रगती विवरण खासै बाहिर आउन नसकेकोमा उहाको जिकिर छ।हिजोको ३८ किलो सुन काण्ड भित्रीने ठाउलाइ आफ्नो सरकारले पुर्ण रुपले प्रतिबन्ध लगाइदिएकोले हिजोका सुन तस्करी ब्यापारीहरु आज सल्बलाएका छन तिनलाइ छट्पटी भैरहेको छ र भन्छन भ्रष्टाचारि खोइ भनेर भन्दा सुन तस्करिहरु अहिले जेलमा छन। उहाले भन्नुभयो।अन्य भ्रष्टाचारका बिषयमा बोलेपनी प्रधानमन्त्रीले अहिलेको समसामयिक बालुवाटारको जग्गा प्रकरणका बारेमा भने मुख खोल्नुभएन।

 

अब देशले आमुल परिवर्तनलाइ पर्खिरहेको र त्यो परिवर्तन आफ्नै पालामा सम्भव भएकोले  ,सुखी नेपाली,समृद्ध नेपाल , को सपना अवश्य पुरा हुनेमा उहाँले सबैलाइ आश्वस्त पार्नुभयो।यही बर्षमा मात्रै देशका कतिपय ठाउहरुमा तुइन बिस्थापित गरि झोलुङ्गे पुलहरु निर्माण गरिसकेको र नभएको ठाउँमा काम जारी रहेकाले अब छिट्टै पुर्ण रुपले तुइन बिस्थापित हुने र हरेक ठाउमा झोलुङ्गे पुल निर्माण गरिने उहाको दाबी छ।

 

आफुले काम गरेको नदेख्ने प्रतिपक्षी दल नेपाली काँग्रेसलाइ प्रधानमन्त्रीले आफ्नो आखाको पट्टी फेर्न आग्रह गर्नुभएको छ।त्यस्तै कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अब नेकपाको एकता पुर्ण रुपले टुंगोमा लागेको घोषना गरे।हाम्रा अगाडि निकै ठुलो पहाड थियो उनले भने हामिले त्यो पहाडलाइ फोरेर आज मैदान बनाएका छौ र फलामे ढोका फोडेका छौ। 

 

जनआन्दोलन र जनयुद्धको अन्त्य गरि देशमा आफुहरुले शान्ति प्रक्रिया अबलम्बन गरेकोमा अशान्ति सधैका लागी बन्द भएको उहाको भनाइ छ।लाखौ जनताहरुको बलिदानी र त्यागले आएकाे लोकतन्त्र र गणतन्त्रलाइ दिगो बनाउनका आगि आफुहरु एक भएकोले यसलाइ जिबन्त बनाइराख्न सबै लाग्नुपर्ने उहाको सुझाव छ।दुवैजना अध्यक्षले एकमुष्ट शुभकामना दिएको डकुमेन्ट्री कार्यक्रममा प्रस्तुत गरिएको थियो।पार्टीले ७७ वटै जिल्लाका अध्यक्ष र सचीवको नाम टुंगो लगाइ  अन्तिम नामावली सार्वजनिक गरिएकाे थियाे ।