संघीय लाेकतान्त्रिक गणतन्त्र दश बर्षे जनयुद्धकाे प्रतिफल : अध्यक्ष प्रचण्ड

 

  नरेन्द्र महतारा

काठमाडाै,बैशाख १०। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टी एकताका लागी अब एक छिन पनि ढिला हुन नसक्ने बताउनु भएको थियाे।कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा उहाले यस्तो कुरा बताउनुभएको हो।

 

अब धेरै ढिला भैसकेकाले पार्टी एकतालाइ अन्तिम रुप दिन आफुहरु लागेकोले र छिट्टै नै यो प्रक्रिया टुंगोमा लाग्नेमा सबैलाइ बिश्वस्त हुन उहाले आग्रह गर्नुभयो।

बिगतका उपलब्धिहरुलाइ कतिपय शक्तिहरुले धमिल्याउन खोज्दैछन तर पनि हामीले आफ्नो उपलब्धि कसैका निम्ति नभएर नेपाली जनताको निम्ती ल्याएका हौ।

 

उनले भने जनयुद्धमा धेरै सहिदहरुले सहादत प्राप्त गरे,कति घाइते भए। आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको जुन बिन्दुमा उभिएका छौ त्यसको प्रतिफल त्यही आन्दोलन हो।

 

हामीले संविधान सभाबाट संविधान बनाउनेदेखी लिएर अनेक काम गरेका छौ।तैपनी हामिलाइ कमजोर देख्नेहरु अझै आलोचना गरेर थाक्दैनन।पार्टी एकता टुंगोमा पुगेकोले एउटा फलामे ढोका नै फोरेकोमा आफुहरु निकै नै हर्षित भएको र यसका लागी आफुहरुलाइ पार्टी एकताका लागी सधै लागिपर्ने सबै कार्यकर्तालाइ उहाले बिशेष धन्यवाद दिनुभएको थियो।कार्यकर्ताको महान हौसला र उत्साहका साथ दुबै अध्यक्षले पार्टीले आजसम्म गरेका प्रगतिहरु प्रस्तुत गरेका थिए।

 

 

अब नेपाल कम्युनिष्ट पार्टी नयाँ बाटो पहिल्याएर अगाडि बढ्ने र प्रतिक्रियावादी र आलोचकहरुका लागी समर्थक बन्ने हिसाबले अघि बढ्ने उहाँको दाबी छ।७७ वटै जिल्लाका अध्यक्ष र सचीवको टुंगो लागेको छ। अब अन्य तह र तप्कामा पनि छिट्टै एकता हुनेछ।यद्यपि अध्यक्ष र सचिवहरुमा प्राय पुरानै दोहोरिएका छन।