आज मिति २०७६ साल बैशाख १२गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस् र शेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आफन्त तथा परिवारका सदस्यहरु खुसि हुँनेछन् । व्यावसायमा भनेजस्तो आम्दानि हुँने हुँनाले आर्थिक रुपमा सबल होईनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट समारात्मक नतिजा आउँनेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । माईति चेलि बिचको सम्बन्धमाको दुरी केहि बडेजस्तो हुँनेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

व्यापारको शिलशिलामा लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने मनग्गे भन लाभ हुँनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुँनेछ । प्रेम सम्बन्धमा बिश्वासको बाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुँने हुँदा मन प्रशन्न हुँनेछ । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले हरेक क्षेत्रमा अगाढि बढ्न सकिनेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न हुँनेछ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

बौद्धिक प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । पढाई लेखाईमा सोचेजस्तो प्रगति हुँनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा मन जानेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

छोटो तथा रमाईलो भ्रमण गर्ने अवसर प्राप्त हुँनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुन सुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउँदा मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च मुल्याङन हुँनेछ भने समानमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले मन प्रफल्लित हुँनेछ । अध्यनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ । बहुमुल्य बस्तुहरु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

बिशिष्ट ब्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउँन सहयोग पुग्नेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ । बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

आम्दानिका नयाँ नयाँ बाटाहरु पहिल्याउँदै मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । सरकारि धन तथा पैत्रिक सम्पति हात लागि हुँने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुँने तथा नयाँ प्रकृतिका काम आउँनेछन् । माया प्रेममा एक अर्काबिच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनिति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।