जिप दुर्घटना हँदा सहचालकको मृत्यु

बझाङ, बैशाख १९ । बझाङको थलारा गाउँपालिकामा जिप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ ।

थलारा गाउँपालिका–५ को गौमती खोलामा बिहीबार बिहान से १ ज १००७ नम्बरको जिप दुर्घटना हुँदा थलारा गाँउपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटना स्थालमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर केसीले बताए।

 

दुर्घटनापछि जिप चलक कमल साउँद सम्पर्कमा नरहेको उनले बताए । जिप विवाहको सामान पुर्याएर फर्कने क्रममा दुर्घटना भएको जानइएको छ । जिप सडकबाट झण्डै २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।