मजदुर दिवसमा सप्तरङ्गिको विशेष रचनावाचन

१३०औ अन्तर्राष्ट्रिय श्रमिक तथा मजदुर दिवसको अवसरमा बुधबार सप्तरंगी साहित्य समाजले विशेष रचनावाचन कार्यक्रम आयोजना गरेको छ ।

 

कार्यक्रममा वरिष्ठ साहित्यकार मुकुन्दशरण उपाध्यायको प्रमुख अथिती रहनु भएको थियो भने बिशिष्ट अतिथि वरिष्ठ गजलकार डा घनश्याम न्यौपाने ‘परिश्रमी’, बरिष्ठ देउडा गायक यज्ञराज उपाध्याय हुनुहुन्थ्यो । अतिथिमा वरिष्ठ अनुवादक हरिभक्त सिग्देल, वरिस्ठ मुक्तककार रामकाजी कोने, साहित्यकार डा गोपाल पौडेल, अधिवक्ता जनकसिंह साउद, साहित्यकार असिम सागर, भुवनहरी सिग्देल, जिवन काश्यप, गणेश खतवडा, बिशु कुमार केसी, रामचन्द्र घिमिरे , दुर्गा रिजाल, सजना वाइवा हुनुहुन्थ्यो ।

 

वहरवद्ध गजलकार भुवन निस्तेज, छन्द कवि सृजना अर्याल अधिकारी, कवि एंव गजलकार घायलश्री म्याग्दी, मुक्तककार एंव गायिका सन्ध्या देवकोटा सहयात्रीको विशेष रचनावाचन रहेको थियो । कार्यक्रममा ८० जना साहित्यिक अनुरागी मनहरुको उपस्थिति थियो ।

 

कार्यक्रमको सभापतित्वम समाजका अध्यक्ष केशवराज भट्ट ‘सागर’ गर्नुभएको थियो भने कार्यक्रम सञ्चालनको भूमिकामा भुपी सरोवर रहनुभएको थियो ।