मदर डे,खास कसरी मनाउने ?

 सुरेन्द्र केसी-
मलाइ जहाँ सम्म थाहा छ,  साचो माया गर्नेद्वारा  कहिले पनि बाहिरी रुपमा देखावटी गरिएन । साचो माया त सृष्टिको सुरुवात देखीनै छ। कहिल्यै आमाले आफ्नो मायाको प्रचार गरिनन । उनले कहिलेपनी आफुले कति माया गरेकिछु भनेर देखाइनन । हरेक आमाले आफ्नो सम्पुर्ण जिवन बच्चाको लागि समर्पित गर्छिन । यस्तो लाग्छ उनको छुट्टै जीवन नै छैन , बच्चा र आमा एउटै जीवन हो । उनले हामिलाइ नौ महिना आफ्नो शरिरमा धारण गरेर हाम्रो सुरक्षा गरिन । मेरो बिचारमा त्यो नौ महिना हाम्रो लागि निकै महत्वपूर्ण समय थियो ।  
 
 
घरमा सम्पुर्ण चिज उनकै हातबाट बनाइन्छ ।  घरको सम्पुर्ण चिजहरुमा उनकै छाप हुन्छ । घरका हरेक कुना उनकै मायाले सजिएका हुन्छन । हामि बाहिर डुलेर जति ढिला घर फर्के पनि आमा आफू पनि भोको बसि हामिलाइ कुरिरहेकी हुन्छिन । यो उनले आफ्नो माया देखाउन गरेको कार्य हुँदै होइन। यो माया त सृष्टिको सुरुवात देखीनै उनिमा थियो । जसरी सुर्यले हामिलाइ माया गरेर प्रकाश प्रदान गरेको होइन  त्यो त उसको स्वभाबिक प्रक्रिया हो । ठिक त्यसरिनै आमाको माया स्वभाविक प्रक्रिया हो। उनले हामिलाइ माया गर्न नचाहेर पनि माया गर्नबाट  आफुलाइ रोक्न सक्दिनन । खासमा साचो मायाको परिभाषा यहि हो र साचो मायाको उदाहरण पनि यहि हो ।  आमाको माया त आदिकाल देखि यहि थियो र अनन्तकाल  सम्म यहि रहनेछ । उनि र उनको माया बिना यो सृष्टि कल्पना पनि गर्न सकिदैन ।
 
 
 आज बिभिन्न आर्थिक कारणले गर्दा महिलाहरु बाहिर काम गर्न निस्कनुपर्ने बाध्यता छ । यो नराम्रो कुरा होइन । तर एउटा बच्चाको नजरले हेर्दा जब एउटा बच्चा स्कुल वा बाहिरबाट  घर आउँछ तब घरमा कोहि हुदैन । उसले घरको ताल्चा खोलेर भित्र पस्छ । चिसो खाना खान्छ अनि एक्लै बस्छ । पश्चिमि देशहरुमा जन्मिने बच्चाहरुको भाग्य यहि हो । बिडम्बना आज नेपालका धेरै शहरी घरहरुमा पनि बच्चाहरुको भाग्य यस्तै बन्दै गैरहेको छ । तर जब हामी स्कुलबाट  घर आउथ्यौ  तब हाम्री आमाले हाम्रो ब्याग झिकिदिनुहुन्थ्यो , ड्रेस  फेरिदिनुहुन्थ्यो । हामी जुत्ता लगायरै घर भित्र दौडन चाहन्थ्यौ तर आमाले जुत्ता खोलिदिनुहुन्थ्यो ।  यो सामान्य घटना होइन । यो त बच्चाको अन्तर्मनमा छाप पार्ने संसकार हो । यो त बच्चाको जीवन नै परिवर्तन गर्ने कुरा हो । एक शब्द नबोलिकन पनि जिवनको सबै भन्दा ठूलो शिक्षा सिकाउन सक्ने शिक्षिका आमानै हुन । बुवाले अनेक भाषण गर्दै दियको ज्ञान भन्दा आमाले मौन रहेरै सिकायको संसकार  बढी प्रभावकारि हुन्छ  । 
 
 
आमाले हामिलाइ माया गर्नुको कारण  हामी उनको सन्तान भयर होइन । उनमा समाबेशिताको भाव भएर हो। उनले आफू र सन्तानमा कुनै भेद देख्दिनन । हामिले अन्य कसैलाइ प्रेम गर्दा पनि यहि भावले काम गरेको हुन्छ । प्रेमको कुनै क्षणमा हामिले अरुलाइ प्रेम गर्दा उ पनि आफ्नै शरिरको अभिन्न अङ्ग जस्तो महसुस गर्छौ ।  यो भाव अरुको सेवा गर्दा पनि उत्पन्न हुन्छ । तर आमालाइ यो भाव जागृत गराउनमा स्वयम्  प्रकृतिले सहयोग गरेको हुन्छ । त्यसैले अरुलाइ आफ्नै शरिरको भाग जसरी अनुभव गराउने प्रेम  , अरु र आफुमा कुनै भेद नदेख्ने प्रेम , आमा र सन्तानमा कुनै भेद नदेख्ने प्रेम , एउटालाइ काट्दा अर्कोलाई दुख्ने त्यो सुन्दर प्रेम  , हो आज mother’s day को अवसरमा मातृत्वको  यहि सुन्दरताको उत्सव मनाइनुपर्छ ।