शिक्षकले नै हाने ८ बर्षे बालकको गालामा ५ औलाको छाप बस्ने गरि,बालककी आमा पुगिन प्रहरीमा

धरान,बैशाख २१ । रामधुनी नगरपालिका ३ स्थित कान्छी चोकमा रहेको चिल्ड्रेन ड्रिमल्याण्ड मन्टेश्वरी स्कुलका एक शिक्षकले ८ बर्षीय बालकलाई गालामा छाप बस्ने गरि कुटेका छन् ।

कक्षा ४ मा अध्ययनरत साव्रिकबहादुर सिंहलाई गाला सुनिन्ने गरि विज्ञान विषयका शिक्षक सन्तोष श्रेष्ठले कुटेका हुन ।

उनको गालामा ५ औलाको छाप बसेको छ । शुक्रबार स्कुल विदा भए पछि ती बालक रुदै घर पुगेका थिए । हेर्दा गालामा छाप बसेको पाइएको बालकका हजुर आमा मञ्जु निरौलाले बताइन । उनको घर दार्चुला हो । उनको बुबा पुस्कर सिंह सशस्त्र प्रहरीमा कार्यरत छन् । ८ बर्षदेखि इटहरीमा परिवारै बसेर छोराछोरी पढाउदैं आएको बालककी आमा अनिताले बताइन ।

 

यस अघि पनि सिंहलाई कुटपिट गरेकाले आफुनो नानी असुरक्षित भएको भन्दैं विद्यालय विरुद्ध इलाका प्रहरी कार्यालय पकलीमा उजुरी दिएका छन् । उजुरीका विषयमा विद्यालय संचालकलाई पक्राउ गरि कारवाही अघि बढाइने इप्रकाका इन्स्पेक्टर दिपेश दाहालले जानकारी दिए ।

यस विषयमा विद्यालयका प्रिन्सिपल सरोज माझीले नयाँ सरले गल्ती गर्नु भएको बताउदैं घरकाुे कुरा भएकाले बसेर मिलाउने बताए । नयाँ शिक्षक भएका कारण कमिकमजोरी भएको उनले स्वीकार गरे ।