नेपालको संसदिय प्रणालीमा अहिलेसम्मकै कायर सभामुख: सभापति देउवा

   नरेन्द्र महतारा-

काठमाडाै,बैशाख २५। नेपाली काङ्ग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको संसदीय प्रणालीमा अहिलेसम्मकै कायर सभामुख भएको आरोप लगाएका छ्न।आफ्नो पार्टीको आजबाट देशभर सुरु भएको राष्ट्रिय जागरण अभियानलाइ सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन।

 

अहिलेको हाम्रो देशको राष्ट्रपति बेलायती महारानी जस्ती छिन।त्यसैले उनले जनताको सरकारलाइ मेरो सरकार भनिन।उनले भने।नेपाली काङ्ग्रेसले हरेक तानाशाहीको खिलापमा बिगतदेखी नै लडदै आएको र अझै पनि लडिरहेकाले अबको ३ वर्षपछि आउने निर्वाचनमा जनताको पहिलो रोजाइमा काङ्ग्रेस नै हुने उनको दावी छ।

 

हिजो आफुहरुले गरेको कामलाइ अहिलेको कम्युनिष्ट सरकारले अनेक झुटा प्रचार गर्दै जनतामा भ्रम छरेको र यस्तो खराब काम गर्दा पनि लाज पचेको कम्युनिष्ट भएको उनको भनाइ छ।काङ्ग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री जस्तो ब्यक्तिले संसदमा ग्रैहसंसदिय व्यबहार देखाउनु अशोभनीय भएको उल्लेख गरे।काङ्ग्रेस पार्टीले जहिले पनि निति,नियम र पद्धतिमा विश्वास गर्ने भएकाले यसको नेतृत्व जिबन्त रहने उनको भनाइ छ।

 

यस्तै कार्यक्रममा बोल्दै काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले अहिलेको कम्युनिष्ट सरकार भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाए।देशकै राजधानी काठमाडौलाइ यो सरकारले धुलो,धुवाँको मास्कमाण्डौ बनाएकोमा उनले सरकारको कडा आलोचना गरे।काठमाडौ महानगरकी उप प्रमुख हरिप्रभा खडकीले अब देशका हरेक ठाउहरुमा काङ्ग्रेस जागिसकेको बताइन।हिमाल,पहाड,तराई – मधेस नेपाली काङ्ग्रेस भन्ने मुल नारा लिएर सुरु भएको यो अभियान देशैभर सञ्चालन भएको छ।यस अभियानले पार्टीलाइ थप शक्तिशाली बनाउन सहयोग गर्ने उनिहरुको अपेक्षा रहेको छ।