राष्ट्र निर्माणको अभियानमा एकजुट हौ: सिताराम कट्टेल (धुर्मुस)

 काठमाडाै,बैशाख २५। राजधानीको महाराजगन्जमा प्रिसिडेन्ट ग्रुप अफ होटलको नवौ शाखाको उदघाटन गर्दै,हास्य कलाकार एवम् समाजसेवी सिताराम कट्टेल (धुर्मुस) ले सबै नेपालीहरुलाइ राष्ट्र निर्माणको अभियानमा एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन।  

 

आफुहरुले सबै नेपालीहरुको सपना साकार गर्ने उद्देश्य लिएको र यो सपनालाइ छिट्टै पूरा गर्ने उनले बताए।´हामी मिल्यौ भने हाम्रो सपना अवश्य पूरा हुनेछ` यसका लागि हामी सबैमा देश निर्माणका लागि केही गर्ने अठोट हुनुपर्छ।

 

उनले भने रंगशालाका लागि आवश्यक रकम उठ्न सक्ने सम्भावना छ कि छैन र यसबाट तपाइहरु कतिको निराश हुनुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो,हामी कति पनि निराश छैनौ तोकिएकै मितिमा सबै काम सम्पन्न गर्छौ।`

 

यसै क्रममा प्रिसिडेन्ट सेकुवा होटलको नवौ शाखा बिस्तारमा उक्त ग्रुपले रंगशाला निर्माणका लागि ७५ हजारको चेक धुर्मुसलाइ हस्तान्तरण गरेको छ।यो रंगशाला समग्र सबै देशवासी खेलप्रेमीहरुका लागि भएकाले यश महान अभियानमा सबै जोडिन उनले अपिल गरेका छन।