नवलपुर जिल्ला अदालतद्वारा बहुविवाह गर्नेलाई १ लाख ९५ हजार धरौती माग

नवलपरासी, जेठ ३२। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८ निवासी २६ बर्षीय किरण कुमाललाई नवलपुर जिल्ला अदालतले बहुविवाह मुद्दामा १ लाख ९५ हजार धरौती माग गरेको छ ।

 

उनले माग गरिए अनुसारको धरौती बुझाउन नसकेपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाएको जनाएको छ ।

उनलाई उनकै जेठी श्रीमतीले बहुविवाहमा मुद्दा दर्ता गराएका थिए ।

 

त्यस्तै कुमालसँग बहुविवाह गर्ने महिला मध्यविन्दु ८ कै २२ बर्षीया सर्मिला गुरुङलाई ५ हजार धरौती राखी तारिखमा छाडिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तथा प्रहरी नावय उपरीक्षक अर्जुन रानाभाटले बताए ।