क्लिनफिडबारे च्यानल कम्पनीहरुको असन्तुष्टि:२४ घण्टाको च्यानल बन्द उपभोक्ताको हितको लागि

काठमाडाै,असार १०। क्लिनफिडको लागि सरकारले ध्यान नपुर्‍याउएको भन्दै विभिन्न च्यानल कम्पनीहरुले असन्तुष्टि व्यक्त गरेका छन।आज पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन।स:शुल्क च्यानल बितरकका ध्रुव शर्माले यो २४ घण्टाको च्यानल बन्द केवल रिहर्सल मात्र भएको बताउनुभयो।

 

सरकारले ल्याएको यो क्लिनफिड लागू हुदा ग्राहकहरुमा पर्न जाने सुविधा र असुविधा के कस्ता छन भन्ने कुरा पहिल्याउन यो काम गरिएको उहाको दाबी छ।

 

डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्यले यो क्लिनफिडबारे पछिल्लो समय विभिन्न किसिमका भ्रमहरु पैदा भएकोमा दुख व्यक्त गर्नुभयो।नेपाली च्यानल मात्रै हेरेर ग्राहकहरुका समस्या समाधान हुदैनन।

 

जसको बिकल्प विदेशी च्यानलहरुमा नेपाली विज्ञापन प्रशारण हुनुपर्ने उहाको भनाइ छ।विशेषगरि ग्राहकहरु मनोरञ्जनमा बढी तल्लीन हुने हुनाले यो क्लिनफिडले आम ग्राहक बर्गहरुलाइ फाइदा नगर्ने उहाको टिप्पणी छ।

 

नेपाल केबल टिभी महासंघका अध्यक्ष सुदिर पराजुलीले अहिले सरकारले ल्याएको क्लिनफिड नीति संसारका कुनै पनि देशमा नभएको जिकिर गर्नुभयो।त्यस्तै ईन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका डिनेश सुवेदीले नेपाली विज्ञापनलाइ प्रवर्द्धन गर्नका लागि क्लिनफिड नीति आएको भए त्यो सबैका लागि स्विकार्य हुने बताउनुभयो।