आज पनि वर्षाको सम्भावना

काठमाडौं, असार १० । आज दिउँसो देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिकदेखि सामान्य बदलि तथा पूर्वी भू–भागमा सामान्य बदलि भइ पुर्वका केही स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखका अनुसार रातिको देशको मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमका भू–भागमा सामान्य बदली भइ पुर्व र पश्चिमका केही स्थानहरुमा साथै मध्यका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।