बलात्कारको आरोपमा सैनिक जवान पक्राउ

काठमाडौं,असार १३। बलात्कारको आरोपमा ३५ वर्षीय सैनिक जवान पक्राउ परेका छन् ।

 

डोटीको सायल गाउँपालिकामा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँमा स्थायी बसोबास गर्ने नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले डोटीले जनाएको छ ।

 

उनले आफ्नै नाताकी महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।विष्ट नेपाली सेनाको कुमारी दल गुल्म सुपारीटार ब्यारेक हेटौँडामा जवान पदमा कार्यरत छन् ।