कहिले सुध्रिएला सामुदायिक विद्यालयको स्तर ? लगानी अर्बौं उपलब्धि भने निराशाजनक

काठमाडौं, असार १४ । सरकारले सामुदायिक विद्यालय सुधारका लागि अर्बांै रुपैयाँ लगानी गर्दै आए पनि गुणस्तर भने बर्सेनि खस्किँदै गएको छ ।सरकारले २०७६ देखि २०८५ सम्मलाई सामुदायिक विद्यालय सबलीकरण वर्ष घोषणा गरे पनि सो घोषणाअनुसार कार्यक्रम प्रभावकारी रूपमा अघि वढ्न सकेको छैन ।

 

सामुदायिक विद्यालयको स्तरोउन्नतिका लागि अर्बौं रुपैयाँ खर्चिए पनि नतिजा भने बर्सेनि खस्कँदै गएपछि सामुदायिक विद्यालयमा गरिएको त्यति ठूलो लगानी बालुवामा पानीसरह बनेको शिक्षाविद्को तर्क छ । सरकारी अधिकारीहरूले पनि सामुदायिक विद्यालयको गुणस्तर खस्किएको स्विकारेका छन् ।

 

यसवर्ष बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाले सामुदायिक विद्यालयमा गरिएको सरकारी लगानी निष्प्रभावी भएको देखाएको हो । । गत चैतमा सञ्चालन भएको (एसईई) परीक्षामा सामुदायिक विद्यालयतर्फ ३ लाख २५ हजार ३३० जना परीक्षार्थी सहभागी भएका थिए भने १ लाख ३३ हजार ९४५ जना निजी विद्यालयका थिए । जसअन्तर्गत सामुदायिक विद्यालयका २ हजार ७९२ जनाले मात्रै ए प्लस ल्याउन सफल भएका छन् । जुन १५ दशमलव ८८ प्रतिशत हो ।

 

जबकि निजी विद्यालयका १४ हजार ७८८ जनाले ए प्लस ल्याएका छन् । जुन सामुदायिक विद्यालयका विद्यार्थीको पाँच गुना बढी हो ।

 

सरकारले शिक्षा क्षेत्रमा २०७४र७५ मा एक खर्ब २६ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो । यस्तै, २०७५र७६ मा एक खर्ब ३४ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो । २०७६रण्७७ मा १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ बजेट छुट्याएको थियो । राजधानी दैनिकमा खबर छ।