प्रहरी र विप्लव नेकपाबिच दोहोरो भिडन्त सेनाका ३ वटा हेलिकप्टर घटनास्थलमा

काठमाडौं,असार १६। सोमबार विप्लव कार्यकर्ता र प्रहरीबीच संखुवासभामा मुडभेड भएको छ ।मुडभिड पछि सेनाका ३ वटा हेलिकप्टर घटनास्थलमा पठाइएको छ ।लिचोङ गाउँपालिका-१ होयङ्मामा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको हो।

 

‘सर्च एण्ड अरेस्ट अपरेसन’ चलाएको प्रहरीको समूहमाथि विप्लव कार्यकर्ताले फायरिङ गरेको भन्दै सुरक्षा गर्न सेनाका तीनवटा हेलिकप्टर पठाइएको हो ।

 

सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५-२५ जनाको छुट्टाछुट्टै टोली सेनाको एमआई १७ हेलिकोप्टरबाट संखुवासभामा पुगेको हो ।

दुईतर्फी फायर भएको भनिएपनि कुनै क्षती भने भएको छैन् ।सशस्त्र प्रहरीले दिएको विवरण अनुसार प्रहरी टोलीले खाना खाइरहेका वेला गोली चलेको थियो ।