सेती नदीमा पौडी खेल्न गएका एक जना बेपत्ता

डोटी,असार १६। सेती नदीमा पौडी खेल्न गएका बगेर एकको बेपत्ता भएका छन् । गर्मी भयो भन्दै सोमबार दिउसो सेती नदीमा पसेका सिलगडी नगरपालिकाका वडा नम्बर ७ का ४० बर्षका चक्र कन्जेडा बेपत्ता भएका हुन् ।

 

उनको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले जानकारी दिएका छन् । बर्खा सिजन भएकाले धमिलो पानि भएकाले उनको खोजीमा समस्या भएको प्रमुख पन्तले जानकारी दिएका छन् ।

 

उनको खोजीका लागि जिल्लाका प्रहरी प्रशाशनका साथै सुरक्षा प्रशासनका अन्य निकाय सशस्त्र प्रहरी र स्थानीहरुले तीव्र रुपका खोजिरहेका छन् ।