मदिरा पिउनको लागि पनि उमेर लेखाउनुपर्ने, कति वर्ष हुनुपर्छ उमेर हेर्नुहोस

काठमाडौं,साउन ८।बाढी र डुबानको असरसँगै आज १० दिनपछि संसद सञ्चालन भएको छ । संसदमा सांसदहरुले मदिरा पनि लिएर गएका छन् । मदिरामा कुनै नियन्त्रण नहुँदा अपराध बढेको भन्दै सांसदहरुले आजको राष्ट्रियसभा बैठकमा अपराध नियन्त्रणका लागि मदिरामा कडाई आवश्यक भएको बताएका छन् ।

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद रामनारायण विडारीले २२ वर्ष नपुगेकाले रक्सी खरिद गर्न नपाउने नियम बनाउनुपर्ने सँगै जड्याहाको सूची पनि बनाउनुपर्ने बताउनु भएको छ । युवालाई कुलतबाट बचाउन मदिरा नियन्त्रण गर्नुपर्ने उहाँको बुझाई छ । विश्वमा रक्सी मजाले खान पाइने, जहाँ बसेर खुल्लम खुल्ला खान पाइने । मन्दिर र अस्पतालका वरिपरि पनि खान पाइने देश नेपाल भएको भन्दै ब्याङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसारमा यस्तो छैन ।

 

निश्चित ठाउँमा निश्चित समयमा निश्चित व्यक्तिले मात्र खरिद गर्न पाउँछ । हाम्रोमा बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खानलाई ६ वर्ष भए हुने रु’ उहाँले आफ्नै सरकारमाथि प्रश्न गर्दै मदिरा नियन्त्रण गर्न सरकारलाई कसले छेक्यो र किन गर्न सक्दैन रु भन्नुभयो । उहाँले रक्सी खाएर घरेलु हिं सा भएको भन्दै महिला हिं सा, संगठित अपराध नियन्त्रण गर्न मदिरा नियन्त्रण आवश्यक भएको उल्लेख गर्नुभएको छ ।

 

योसँगै आज विपक्षीले सरकारको कामका बारेमा चर्चा गरेका छन् । नेपाली कांग्रेस सांसद एवं पुर्वमन्त्री मिनेन्द्र रिजालले सरकार बाढी, डुबान र पहिरो पिडितमा घर आँगनमा गएको नभई आकाशमा घुमेर आएको आरोप लगाउनु भएको छ ।