क्रिकेटका पूर्व कप्तानको दु:खद निधन

मकवानपुर,साउन १२। रक्त क्यान्सरको आठ महिनादेखि उपचार गराइरहनु भएका मकवानपुर क्रिकेटरका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ । लामो सामयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइहनुभएका श्रेष्ठको शहीद मेमोरियल अस्पतालम काठमाडौ आइतवार निधन भएको किकेट सघं मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिनुभयो ।

 

३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्रधनका लागि महत्वपूर्ण योगदान गर्नुभएको थियो। क्रिकेट संघ मकवानपुरले एक वक्तव्यमार्फत मकवानपुर क्रिकेट संघका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहनुभएका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको छ ।

 

खेलकुद विकास समिति मकवानपुरका सचिव खशराज दाहालले खेलाडी श्रेष्ठको निधन राष्टको खेल क्षेत्रका लागि अपरणीय क्षेति भएको बताउनु भयो।मृतक श्रेष्ठका आमा बुबासहित श्रीमती र एक छोरा छन्।