तयार रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं, साउन २३ । सशस्त्र प्रहरी बल मुख्यालयले देशभर रहेका सशस्त्र प्रहरीलाई जुनसुकै बेला सुरक्षा चुनौती रहन सक्ने भन्दै परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

 

सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले बुधबार बाहिनीपतिहरुलाई सुरक्षा चुनौतीको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

 

नेत्रविक्रम चन्द नेतृत्वले गरेको प्रतिबन्धित नेकपा (विप्लव समूह)को गतिविधि बढिरहेका बेला सशस्त्र प्रहरी महानिरीक्षक खनालको यस्तो निर्देशन आएको हो । उलने यसअघि गणपति र गुल्मपतिहरुलाई पनि निर्देशन दिएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।