भारतका विदेशमन्त्री एस जयशंकर विशेष विमानमा १२ बजे काठमाडौं उत्रिने

काठमाडौं,भदौ ४ । नेपाल भारत मन्त्रीस्तरीय संयुक्त बैठकमा भाग लिन भनेर भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकर आज २०७६ भाद्र ४ गते १२ बजे काठमाडौं आउँदैछन् । विशेष विमानमा पाइलट र को पाइलटसहित सात सदस्यीयका साथ काठमाडौं उत्रिने भारतीय विदेश मन्त्री सुब्रमन्यम जयशंकरले नेपाल–भारतको संयुक्त आयोगको बैठकमा भाग लिने छन्। भारतीय विदेश मन्त्री सुब्रमन्यम जयशंकर दुई दिने नेपाल भ्रमणमा आउने भारतका विदेश मन्त्रीको यो भ्रमण औपचारिक कार्यक्रम भन्ने भन्दा पनि अनौपचारिक भेटघाटले महत्वपूर्ण उत्सुकता बढाइदिएको छ ।

एस जयशंकर दुई दिने नेपाल भ्रमणका क्रममा भदौ ४ गते १२ बजे आएर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग मैत्री र दुई देशका हितका मामिला छलफल र भेटघाटको कार्यक्रम रहेको स्रोत बताउछ । भेटघाटको कार्यक्रम पूर्व प्रधानमन्त्री तथा विपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा नेता तथा पूर्व प्रधानमन्त्री माधब नेपालसंग पनि रहेको थाहा भएको छ।

 

भेटघाटको समूहगत कार्यक्रम प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र कुन्दन अर्यालसंग पनि रहेको स्रोत बताउछ। अनौपचाह्रिक र समूहगत भेटघाटका लागि तराई मधेशका नेताहरुले पनि अवसर पाउने सम्भावना रहेको स्रोत बताउछ। भारतका विदेशमन्त्रीको भ्रमणको तयारीका लागि भदौ ३ गते नै भारतीय बिदेश मन्त्रालयका पूर्व सहसचिव पीयूष श्रीवास्तवसहित मिस्टर मनसिंह,मिसेज निरजा एडिडाम,मिष्टर शशीभुषण शुक्ला काठमाण्डौ आइसकेको स्रोत बताउछ। 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अतिनै विश्वास पात्र रहेका भारतीय विदेश मन्त्री सुब्रमन्यम जयशंकरलाई चीन र अमेरिका विज्ञ मानिन्छ। भारतीय विदेश मन्त्री सुब्रमन्यम जयशंकरका लागि हायात होटेल र सोल्टी होटेल बुक गरिएको स्रोत बताउछ। भदौ ५ गते ५ बजे भारतीय विदेश मन्त्री सुब्रमन्यम जयशंकर स्वदेश फर्किने कार्यक्रम रहेको छ। साँघुमा प्रकाशित छ।