मन्त्रिपरिषद् पुनर्गठन तयारी, सचिवालय बैठक बोलाइयो

काठमाडौं, कात्तिक २५ । सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार उहाँले पार्टीका अर्को अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ । यही विषयमा छलफल गर्न ओलीले सोमबार पार्टी सचिवालय बैठक बोलाउनुभएको छ ।

 

प्रधानमन्त्रीको चाहनाअनुसार सचिवालयका सबै सदस्यले मंसिर १ देखि लागू हुने गरी राजीनामा दिने तय भइसकेको छ । ‘मंसिर १४ को उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री तयारी छ,’ स्रोतले भन्यो, ‘सम्भवतः उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुन्छ । केहीबाहेक अधिकांश मन्त्रीको कार्यसम्पादन औसतभन्दा माथि नउठेपछि प्रधानमन्त्री पूरै फेरबदल गर्न खोज्नु भएको हो ।

 

मन्त्रीहरुको कार्यशैली चुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरे पनि अपेक्षित परिमाण नआएकोमा प्रधानमन्त्री ओली असन्तुष्ट रहँदै आउनुभएको छ । कान्तिपुर दैनिकमा खबर छ ।