राष्ट्रिय स्वाधिनताको रक्षार्थ क्रान्तिकारी संयुक्त संघर्ष अपरिहार्य

 पुष्प गाेपाल श्रेष्ठ 

नेपालमा अहिले हाम्रो सामू चुनौतिको रुपमा खडा रहिआएको समस्या भन्नु नै आन्तरिक रुपमा कम्युनिष्ट नकावधारी केपी ओलीको नेतृत्व सरकारको राष्ट्र र राष्ट्रियता प्रति गैर जिम्मेवारी हरकत रहेको छ भने, बाह्य रुपमा साम्राज्यवादी र विस्तारवादीहरुको हस्तक्षेप र अतिक्रमण कार्य तिब्र रुपमा हुँदै आइरहेको स्थिति छ । वर्तमान सरकारको राष्ट्र र राष्ट्रियता प्रति गैर जिम्मेवार हरकत भन्नाले, हालै मात्र भारतीय विस्तारवादी मोदी सरकारले नेपालको सार्वभौमसत्ता माथि खुल्लैयाम आक्रमण (अतिक्रमण) गरी लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो राजनैतिक नक्सामा समाहित गरी, नेपाल माथि चुनौति खडा गर्न आएको वर्तमान स्थितिमा, राष्ट्रप्रतिको आफ्नो दायित्वलाई वर्तमान सरकार खेलवाडको रुपमा प्रस्तुत हुँदै, समस्या समाधान गर्नुको नाउँमा गोहिको आँसु चुहाउनमा व्यस्त रही, आफुले आफैलाई राष्ट्र र राष्ट्रियता प्रतिको कुनैपनि जिम्मेवारी वहन गर्न असक्षम मात्र होइन अझ आफुलाई भस्मासूर सावित गर्दै, राष्ट्र र राष्ट्रियता भाँडमा जावस भने जस्तै गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नाउँको अमेरिकी परियोजना, कुन कामको प्रयोजनको लागि हो र कसरी प्रदान गरिन्छ भन्ने कुरा स्पष्ट भईसकेको स्थिति, अर्थात यो एमसीसी अमेरिकी परियोजना वास्तवमा माछालाई अल्झाउने बल्छी जस्तो हो र जसमा सिङ्गो नेपाललाई सिरिया, रुवाण्डा, रुमानीया तथा इराकलाई जस्तै माछा बनाई लटकायर चीनलाई घेराहाल्ने आफ्नो दुःस्त्याइपूर्ण अभिप्राय पुरा गर्न बुनेको बल्छी हो भन्ने कुरा खुलासा हुँदाहुँदै पनि एमसीसी परियोजना बिशुद्ध आर्थिक सहयोग भन्दै हसुर्न लालायित बन्न पुगेका छन ।

एमसीसी सम्झौतामा भएका दुरासयपूर्ण बुँदाहरु :

(१) अमेरिकाले नेपाललाई प्रदान गर्ने भनिएको सहयोग रकम कुन परियोजनाका लागि हो भन्ने कुरा अमेरिकाले आफै छान्ने (२) एमसीसी लागु भएपछि अमेरिकाको एमसीसी परिचालन बोर्डलाई नेपालले स्वायत्त अधिकार सहित संवैधानिक मान्यता प्रदान गर्नु पर्ने (३) एमसीसी परियोजना संचालनमा नेपालले कुनै पनि चासो राख्न नपाउने, कुनै सोधपुछ नै गर्न नपाउने (४) एमसीसी परियोजनाको बौद्धिक सम्पत्ति अमेरिकाको हुने (५) रोजगारी पनि अमेरिकाकै नागरिकले पाउने (६) एमसीसी परियोजना लागू भएका स्थानको जमिन, नदी, बन जेजे पर्छ सबै नेपालका सम्बन्धित मन्त्रालयले अमेरिकाको एमसीसीको नाममा बनाइदिनु पर्ने ((७) एमसीसी लागु भएको ठाउँमा अमेरिकाले आफ्नो परियोजनाको सुरक्षाको लागि अमेरिकाको सेना राख्ने (८) एमसीसी परियोजनाका आवश्यक सम्पूर्ण सामाग्री सबै अमेरिकाले नै किन्ने र नेपालले के किनेर ल्याएको भन्न पनि नपाउने (९) अमेरिकाको परियोजनामा भारतको समर्थन अनिवार्य हुनुपर्ने (१०) नेपालका एमसीसीसँग बाझिँएका कानुन स्वतः रद्द भई अमेरिकाको कानुन लागु हुने ।

 

 

एमसीसी सम्झौताका बुँदाहरुले के कुराको स्पष्ट रुपमा खुलासा गरेको देखिन्छ भने नेपालको स्वतन्त्र सार्वभौमसत्ता, एमसीसी परियोजनाको अगाडि गौण मात्र हो र ती बुँदाहरु, नेपालको संविधान भन्दा माथि रहेको इङ््गीत गरेको प्रष्ट देखिन्छ । यस अर्थमा नेपालको अस्तित्व नामेट गर्दै, नेपालको राष्ट्रिय स्वाधिनतामाथि अमेरिकी साम्राज्यवादको हैकम जमाउन लाउने जस्ता राष्ट्रघाती काममा यी राष्ट्रिय आत्मा समर्पणवादी दलालहरु, यस्तो राष्ट्रघाती कार्य सफल पार्न तँछाड–मछाड गर्दै लागि परिरहेका छन् ।

 

 

एमसीसी सम्झौताका उपरोक्त बुँदाहरुमा उल्लेखित प्रावधानहरुले नेपालको स्वतन्त्र सार्वभौमसत्तालाई खिल्ली उडाउँदै नेपालको संविधानमाथि बुइचढ्ने घृष्टता किटान गरेको स्पष्ट रुपले देख्दा देख्दै पनि, यहाँका ती राष्ट्रिय आत्मसमर्पणवादी दलालहरु अमेरिकन साम्राज्यवादको इन्डो–प्यासिफिक रणनीतिमा आधारित एमसीसी परियोजनाको उद्देश्य पूर्वी तथा दक्षिण एसियामा आफ्नो दरो उपस्थिति जनाउनुको सँगै चीनलाई घेराउ गर्ने अमेरिकी साम्राज्यवादी एवम् भारतीय विस्तारवादीहरुको जालसाजी प्रति पुरै आँखा चिम्लेर लुते–कुकूरहरु झैँ त्यो एमसीसी सम्झौता रुपी हड्डीको पछिपछि पुच्छर हल्लाउँदै स्याँ स्याँ गरी मुखबाट ¥याल चुहाउँदै कुदिरहेका छन् ।

 

 

अर्कोतर्फ नेपाली काँग्रेस आफुले २०७४ सालमै वासिंङटनमा गई एमसीसी सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षेर गरी आएकोलाई, हाल आएर डवल नेृकपाका परराष्ट्रष्ट मन्त्री प्रदिप ज्ञवाली अमेरिका पुगेर एमसीसी सम्झौताको नविकरण गरी आउनुबाट, नेपाली काँग्रेस आफैमा गौरवान्वित भई सत्तापक्षसँग घाँटी जोडी, सिंगो नेपाली भूमिलाई कुरुक्षेत्रमा परिणत हुने गरी, चीनलाई घेराउ गर्न नेपालमा अमेरिकी सैन्य अखडा गर्न दिन संसदबाट एमसीसी परियोजना प्रस्ताव अनुमोदन गरेर अमेरिकी सैन्य योजना सफल पार्न मरिहत्ते गरिरहेका छन् ।

 

 

नेपालका ती राष्ट्रघाती दलालहरुले निम्त्याएको यो राष्ट्र र राष्ट्रियताको निम्ति अत्यन्तै जटिलतम् नेपालको वर्तमान स्थिति विरुद्ध राष्ट्रिय स्वाधिनता रक्षार्थ राजनैतिक दल र सच्चा देशभक्त स्वाभिमानी जन–समूदायको साथी–सङ्गी बनी हातेमालो गरी, स्वाभिमानी नेपालीको पहिचान सहित विश्वमा शिर ठाडो गरी जिउने कि, राष्ट्रिय आत्मसमर्पणवादीहरुको रक्षा–कवच बनी भाडाका टट्टु बनी जिउने भन्ने कुरा यथार्थमा, नेपाल रहे नेपाली रहन्छ, नेपाल नै रहेन भने नेपाली कहाँ रहन्छ भन्ने कुरालाई गम्भिरतापूर्वक मनन् गरी, सच्चा देशभक्त स्वाभिमानी नेपालीको मानसिक्तालाई अङ्गाली विशुद्ध क्रान्तिकारी कार्यनीति निक्र्याैल गरी, नेपालका तमाम् स्वाभिमानी नेपाली खासमा उत्पीदितवर्ग उत्पीडित जाति तथा श्रमिक जनसमुदाय अत्यन्तै महत्वका साथ गम्भिर भई जिम्मेवारिपूर्ण ढङ्गले चिन्नतन मनन् गरी, आजको राष्ट्रिय आवश्यक्ता अनुरुप क्रान्तिकारी संयुक्त संघर्षमा सरिक भई मरिमेट्न तयार भएर अगाडि बढ्ने जमर्को गर्नैपर्छ ।

 

यसरी नै ती राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको घोर राष्ट्रघाती सोंच र योजना विरुद्ध देशव्यापि रुपमा क्रान्तिकारी सडक आन्दोलन चर्काउँदै लगेर, यसै आन्दोलनबाट त्यस्ता राष्ट्रघातीहरुलाई राज्यसत्ताबाट गलहत्याउनुको सँगै तिनीहरुको त्यो थाँत–थलो दलाल नोकरशाही पूँजीवादी, अर्ध–सामन्ति व्यवस्था तथा अर्ध(नव)औपनिवेशिक राज्यव्यवस्थालाई समेत ध्वष्त पारी, नयाँ जनवादी व्यवस्था (सङ्घात्मक जनगणतन्त्रीय राज्य–व्यवस्था) निर्माण गरी, नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु सच्चा देशभक्त स्वाभिमानी नेपाली जन–समूदायको मूल मक्सद रहिआएकोलाई व्यवहारमा उतार्ने वर्तमानको यो अवसरलाई गुम्न दिनुहुन्न, यसलाई सही मानेमा क्रान्तिकारी सोच अनुरुप व्यवहारतः कार्यान्वयन गर्न सक्नुपर्छ ।

 

भारतीय विस्तारवादको दुष्ट्याइँपूर्ण सोंच नेपाललाई सिक्मिकरण गरी भारतमा गाभ्ने रहेको छ भने युद्ध सरदार रक्तपिपासु अमेरिकी साम्राज्यवादको साजिस नेपालमा आफ्नो उपनिवेश कायम् गरी सिङ्गो नेपाली भूमिलाई कुरुक्षेत्र बनाउने दुष्ट्याइँपूर्ण सोचलाई, नेपालका लुते कुकूर प्रवृत्तिका सत्तासिनहरुलाई आर्थिक रुपी हड्डीको प्रलोभनमा पारी, एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन हुनेसम्मको कुटिल चाल चली दुःसाहसको भारि, नेपालमा आफ्नो सैनिक अखडा खडा गरेर चीनलाई घेराउगर्ने प्रकृयाभित्र सिङ्गो नेपाललाई चेपमा पारी ध्वष्त पार्ने अमेरिकी साम्राज्यवादी कुटिल चाल विरुद्ध, नेपालका तमाम् सच्चा देशभक्त स्वाभिमानी क्रान्तिकारी बामपन्थी, विभिन्न चिरामा विभाजित क्रान्तिकारी कम्युनिष्ट पार्टी र अन्य राजनैतिक दल, उत्पीडित वर्ग, उत्पीडित जाति तथा श्रमजिवी जन–समूदाय सबका सब एकतावद्ध भई जुझारु ढङ्गले राष्ट्रिय क्रान्तिकारी संघर्षमा आवद्धभई, राष्ट्रघाती एमसीसी सम्झौतालाई च्यातचुत पारी हावामा उडाई, नेपालको राष्ट्रिय स्वाधिनताको महासंग्राममा जुट्नु नेपाली मात्रको दायित्व हो ।

 

राष्ट्र र राष्ट्रियताको हित प्रति समर्पित व्यक्ति विशेष वा समूह र राजनैतिक दल जो कोही पनि आज देशमा, साम्राज्यवाद तथा विस्तारवादले आफ्नो दुरासयपूर्ण सोचका साथ थुपार्न ल्याइपु¥याएको यो राष्ट्रिय महा–संकटको घडीमा पनि छुट्टाछुट्टै (बेग्ला बेग्लै) आ–आफ्नै सोच र आ–आफ्नै तालले डम्फु बजाई बस्ने बेला होइन भन्ने राजनैतिक सोच, स्वयम् आफुभित्र जगाई सच्चा दिलले एकजुट भई, राष्ट्रिय स्वाधिनताको रक्षार्थ आवश्यक्ता अनुरुप राजनैतिक रणनीति, कार्यनीति र कार्यदिशा निर्माण गरी (अपनाई) भित्रैदेखि राष्ट्रिय क्रान्तिकारी संघर्षमा सर्मिपत भई उत्रनु सच्चा देशभक्त स्वाभिमानी नेपालीको यो नै एक मात्र पहिचान हो र यो आजको राष्ट्रिय आवश्यक्ता पनि हो ।