निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य

काठमाडौं, माघ २९ । विवाहको निमन्त्रणामा बेहुला-बेहुलीको जन्ममिति लेख्नै पर्ने अभियान चलाएको छ। बालविवाह न्यूनीकरण गर्न उदयपुरमा यस्तो अभियान सुरु गरिएको हो।

 

 

मुलुकी संहता २०७४ ले विवाह गर्ने युवा युवतीको उमेर २० वर्ष पुग्नुपर्ने व्यवस्था गरे पनि उमेर नपुग्दै विवाह गर्ने क्रम रोकिएको छैन।

 

 

उमेर नपुगेको भन्दै कोही मण्डप र कोही जन्ती जाने क्रममा पक्राउ पर्ने घटना बढ्दै गएपछि प्रहरीले विवाहको निमन्त्रणामै जन्ममिति राख्ने अभियान चलाएको भन्ने खबर राजधानी दैनिकमा छ।

 

 

छापाखानले बेहुला–बेहुलीको जन्ममिति उल्लेख भए मात्रै विवाहको निमन्त्रणा कार्ड छाप्ने गरेका छन्। सबैलाई बेहुला बेहुलीको उमेरबारे जानकारी दिन यस्तो कदम थालिएको हो। मुलुकी संहिता २०७४ मा बाल विवाहलाई दण्डनीय अपराध भनिएकोले बिहेबारी २० वर्ष पारी भन्ने अभियान चलाएको हो।