जिल्ला प्रहरी कार्यलय बाजुरा नजिकै बम भेटियो स्थानीयहरु त्रसित

बाजुरा,फागनु १०।बाजुरा जिल्ला प्रहरी कार्यलय नजिकै पिसबिन बाजुराको कार्यलय अगाडी राखेको प्रेशर कुकर बम रहेको नेपाली सेनाले जानएकाे छ। जिल्ला प्रहरी कार्यालय नजिकै राखिएको अवस्थामा भेटिएको थियाे। राखिएको प्रेशर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको थियाे।

 

शुक्रबार साँझ राखिएकाे भए पनि नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार विहान मात्र डिस्पोज गरेको थियाे। जिल्ला प्रहरी कार्यालय नजिकै झोलामा बेरेर राखिएको अवस्थामा बम भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् । 

 

उक्त स्थानमा बम कसले राखेको हो यसबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्राेतले जानकारी दिएकाे छ। नेपालि सेनाले बम डिस्पाेज गरिसके पछि स्थानीय बासिन्दालाइ अब त्रसित नहुन प्रहरी र नेपाली सेनाले अाग्रह गरेका छन्।